+
+
Shares

‘टु प्लस वान’ उपयुक्त लागेको छैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १०:५९

१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल, भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नभएको बताएका छन् । नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्नेमा उनले जोड दिएका छन् ।

नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी चाहेको भन्दै हालै सी चिनपिङ र मोदीबीच भएको ‘टु प्ल्स वान’ अवधारणा उपयुक्त नहुने बताएका हुन् । त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतसँग सकारात्मक छलफल हुन थालेको पनि उनले बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने क्रममा भारतकै बाटो भएर किन आए भन्ने हेक्का राख्नुपर्ने उनले बताए । ‘किन जानुभयो भन्ने हाम्रो कुनै गुनासो छैन,’ उनले भने, ‘यसले त्रिदेशीय साझेदारीको हाम्रो सोच र रणनीतिक महत्वलाई स्थाापित गरेको छ भन्ने लाग्छ ।’

यो पनि पढ्नुस्–प्रचण्डले भने- चाँडै चीन भ्रमणमा जाँदैछु

तर चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेट्दा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नलागेको बताए । ‘टु भनेको विशेष अधिकार प्राप्त र वान भनेको जोडिएको समान्य भने जस्तो अर्थ हुन्छ,’ उनले अघि भने, ‘टु प्लस वान होइन, थ्री हुँदा मात्र तीन सार्वभौम देशको समान हैसियत हुन्छ ।’

अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री भएकै बेला त्रिदेशीय साझेदारीको प्रस्ताव गरेको बताए । प्रचण्डले दुई प्लस एक भन्दा नेपाललाई असहज हुने बताए । प्रचण्डले लिपुलेकबारे भारत र चीनले गरेको समझदारीप्रति आफूले त्यतिबेलै औपचारिक असहमती जनाएको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?