Comments Add Comment

दैलेखमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ जना घाइते

१३ मंसिर, काठमाडौं । दैलेखको गुराँस गाउँपालिकामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका-४ मुङ्ग्राहामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि वलीले बताए । मृतकको समाचार तयार पार्दासम्म सनाखत हुन सकेको छैन ।

घाइते हुनेहरुमा सुर्खेत खजुराका मंगली गुरुङ,  सुब्बाकुनाका देवीप्रसाद सुवेदी, धुलियाबिटकी चन्द्रकली सिङ्गौली, तातापानीका मोहन परियार, सोही ठाउँकी झुमा परियार, चन्द्रा परियार र भीम परियार रहेका छन् ।

यस्तै, दैलेख दुल्लु नगरपालिकाका अविषेक योगी,  मेहेलतोलीका लक्ष्मीप्रसाद उपाध्याय,  नारायण नगरपालिका-४ का डिलबहादुर कटुवाल र बाँके नौवस्ताका कर्णबहादुर बोगटीलगायत पनि घाइते भएको रानीमत्ता प्रहरी चाैकीका इञ्चार्ज चन्द्रलाल गिरीले जानकारी दिए ।

घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडी सडकबाट करिब १५० मिटर तल खसेको छ । गाडी चालक भने फरार रहेका छन् । उनको खोजी भइरहेको इञ्चार्ज गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment