Comments Add Comment

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको घोषणा

तपाईंको गाउँमा यस्ता ठाउँ छन्, जसले आगन्तुककको मन लोभ्याउँछ ? तपाईंको ठाउँमा यस्ता पनि कला-संस्कृति छन्, जसले आगन्तुकलाई मुग्ध बनाउँछ ?

एकपटक राम्ररी घोत्लिनुभयो भने तपाईंले उत्साहसाथ भन्नुहुनेछ, ‘मेरो गाउँमा यस्तो सुन्दर ठाउँ छ, मेरो गाउँमा यस्तो अनौठो संस्कृति छ ।’ चाहे त्यो खानपानको कुरा होस् वा भू-बनौटको, तपाईंले श्रव्यदृश्यमा उतार्न सक्नुहुनेछ । र, सर्वत्र देखाउन सक्नुहुनेछ, ओझेलमा परेको ठाउँ, कला संस्कृति, खानपान आदि ।

यसरी तयार भिडियो/लघु वृत्तचित्रलाई तपाईंले ‘मेरो गाउँ मेरो ठाउँ’ शीर्षकको भिडियो च्यालेन्जमा समावेश गर्न सक्नुहुनेछ । वि विल राइज फाउन्डेसनले दोस्रो संस्करण अन्र्तगत यस प्रतियोगिताको आवदेन खुला गरेको छ । प्रतियोगितामा विभिन्न विधा अन्र्तगत आफ्नो भिडियोलाई प्रतिस्पर्धा गराउन सकिनेछ । प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका भिडियोहरुलाई विधागत हिसाबले नगद पुरस्कार दिइने आयोजकका निर्मल शर्माले बताएको छ ।

यस अन्र्तगत बेष्ट भिडियो अफ द इयरलाई पाँच लाख रुपैयाँ, पब्लिक च्वाइस अवार्डलाई तीन लाख रुपैयाँ, बेस्ट डिरेक्टरलाई तीन लाख रुपैयाँ प्रदान गरिने उनले बताए ।

यसैगरी वुमन भिडियो मेकर अफ द इयर, फ्युचर स्टार अफ द इयर, मोस्ट पोटेन्सियल डेस्टिनेशन, मोस्ट एनरजेटिक भिडियो मेकर, बेस्ष्ट स्क्रिप्ट भ्वाइस ओभर र बेस्ट एडिटरलाई एक-एक लाख रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

प्रतियोगितामा सहभागी हुनका लागि फाउन्डेसनको वेबसाइटबाट दर्ता फारम भर्नुपर्नेछ । प्राप्त भिडियोमध्ये  १० विधागत अवार्डका लागि ७० भिडियो मनोनय गरिने बताइन्छ । छनौटमा परेको १० उत्कृष्ट भिडियोलाई आगमी अप्रिलमा विशेष समारोहकावीच पुरस्कृत गरिने आयोजकको भनाई छ ।

‘यो प्रतियोगिता एक सय दिन चल्नेछ र सहभागी हुन चाहनेले डिसेम्बर एक देखि मार्च ९ सम्म आफ्ना भिडियो पठाइसक्नुपर्नेछ’ आयोजक संस्थाका संस्थापक निर्देशक निर्मल श्रेष्ठले भने । भिडियो अधिकतम पाँच मिनेटको हुनुपर्नेछ ।

पर्यटन वर्षको तयारी चलिरहँदा वि विल राइजले स्थानीय पर्यटनमा सघाउ पुर्‍याउने हेतुले यो कार्यक्रम गर्न लागेको हो । अघिल्लो संस्करणमा १ सय ३२ वटा भिडियोबीच प्रतिस्पर्धा गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment