Comments Add Comment

बुटवलमा सुतेर हेर्न मिल्ने सिनेमा हल सञ्चालन

'थ्रिडीसहित डल्बी एट्मस साउन्ड'

१३ मंसिर, बुटवल । चेन क्यु.एफ.एक्स सिनेमाजले बुटवलको भाटभटेनीमा नयाँ मल्टिप्लेक्स सञ्चालनमा ल्याएको छ । बुटवलको सुख्खानगरमा रहेको भाटभटेनीको पाँचौ तल्लामा मल्टिप्लेक्स सञ्चालनमा ल्याइएको हो ।

दर्शकले सुतेरै फिल्म हेर्न मिल्नेगरी लिगल सिनेमाज् प्रालिको लगानीमा सञ्चालित हलमा डेप्थ क्यु थ्रीडी टेक्नोलोजीको प्रयोग गरिएको छ ।

नयाँ र अत्याधुनिक सिस्टममा तयार पारिएको मल्टिप्लेक्समा देखाइने चलचित्रहरुको क्वालीटी उच्च हुने लिगल सिनेमाज् प्रालीका अध्यक्ष नकिम मुद्धिमले बताए ।

त्यस्तै उच्च क्वालीटीको डल्बी एट्मस साउन्ड राखिएको छ । लिगल सिनेमाज्ले देशका बिभिन्न स्थानमा हालसम्म १२ वटा चलचित्र हल सञ्चालन गरेको छ ।

जसमा हालसम्म २७ वटा पर्दा रहेका छन् । पछिल्लो पटक बिराटनगरको भाटभटेनीमै दुई वटा पर्दामा नयाँ हल सञ्चालनको तयारी गरिएको छ । बुटवलमा सञ्चालन गरिएको हलमा पनि १९६ र १७६ सिट क्षमताका दुई वटा पर्दा छन् ।

काठमाडौं उपत्यकापछि बुटवलका दर्शकहरुले पनि अब प्रविधियुक्त र स्तरीय सुविधासहित फिल्म हेर्न पाउने भएका छन् ।

बुटवलको भाटभटेनीमा क्यूएफएक्स सिनेमाजले ३६८ क्षमताको नयाँ मल्टिप्लेक्सको शुक्रबार पत्रकार सम्मेलन गरी शुभारम्भ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment