+
+

उपप्रधानमन्त्रीले गरे फास्ट ट्र्याकको निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १९:०८

१३ मसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं-तराई मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधीन सडकको निरीक्षण भ्रमण  छन् ।

निरीक्षणका क्रममा उनले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव इलाका र निजगढस्थित जिरो प्वाइन्टको स्थलगत निरीक्षण गरी त्यहाँको साइट इन्चार्जबाट कार्यप्रगतिबारे जानकारी लिएका छन् ।

त्यस्तै राजदमार क्याम्पमा रहेको नर्सरी र गुणस्तर परीक्षण ल्याबको समेत निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उपप्रधानमन्त्री पोखरेलले आयोजनालाई समयमा नै सम्पन्‍न गर्न आइपर्न सक्ने मुख्य चुनौतीबारेमा समेत जानकारी लिएका नेपाली सेनाले जनाएको छ ।

निरीक्षणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, रथीहरु, अर्थ मन्त्रालयका सहसचिव, सम्बन्धित क्षेत्रका विज्ञहरु र नेपाली सेनाका अधिकृत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?