+
+

ललितपुर महानगरले बनाउन थाल्यो साइकल लेन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १४ गते १३:१०

१४ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले साइकल लेन निर्माणको ‘पाइलट प्रोजेक्ट’ सुरु गरेको छ ।

शनिबार कुपण्डोलमा आयाजित कार्यक्रममा मेयर चिरिबाबु महर्जनले त्यसको शुभारम्भ गरेका छन् । उनकाअनुसार अहिले कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म साइकल लेन बनाइनेछ । त्यसपछि पुल्चोकबाट सिधै मंगलबाजारसम्म पनि साइकल लेन बनाउने योजना छ ।

हाल भएको सडकको १.५ मिटर चौडाइलाई साइकल लेनका रुपमा मार्किङ गरिनेछ ।

केही दशक पहिलेसम्म ललितपुर साइकल मैत्री शहर रहेको स्मरण गर्दै मेयर महर्जनले भने, भोटो जात्राको बेला पुल्चोकमा साइकल स्ट्याण्ड राखेका थियौं र एउटा साइकल राखेको १० पैसा लिँदा पनि ३५ रुपैयाँ उठेको थियो ।’

अहिले फेरि ललितपुरलाई साइकलमैत्री शहर बनाउने अभियान सुरु भएको उनले बताए । ‘काठमाडौंले बुढानीलकण्ठसम्म र बुढानीलकण्ठले शिवपुरीसम्म पुर्‍याओस्’ ललितपुर महानगरका मेयर महर्जनले भने, ‘गोदावरी नगरपालिकासँग कुरा गरिरहेका छौं । उहाँहरुले बोटानिकल गार्डेनसम्म पुर्‍याइ दियो शिवपुरीदेखि गोदावरी पार्कम्म मज्जाको साइकल लेन बन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?