Comments Add Comment

पाकिस्तानविरुद्ध वार्नरको तेहेरो शतक

काठमाडौं । डेविड वार्नरले पाकिस्तानविरुद्ध दोस्रो टेष्टमा तेहेरो शतक बनाएका छन् । यससँगै अष्ट्रेलियाले ५८९/३ को स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको छ ।

दोस्रो दिनको खेल थाल्दा वार्नर १६६ र मार्नस लाबुसेन १२६ रनमा क्रिजमा थिए । ड्रिंक अगाडि २०० रन कटाएका वार्नरले खाना लगतै तेहेरो शतक पुरा गरेका थिए ।

उनको यो करियरकै पहिलो तेहेरो शतक हो । अष्ट्रेलियाले इनिङ समाप्तिको घोषणा गर्दा उनी ३३५ रनमा अविजित रहे । ४ सय १८ बलको सामना गरेका उनले ३९ चौका र १ छक्का प्रहार गरे । म्याथ्यु वेडले ३८ रनमा नटआउट रहे ।

वार्नर अष्ट्रेलियाका लागि टेष्ट क्रिकेटको एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा परेका छन् । सर्वाधिक रनको रेकर्ड म्याथ्यु हेडनको नाममा छ । उनले जिम्बाब्वेविरुद्ध ३ सय ८० रन बनाएका थिए ।

यस्तै मार्नसले १६२ रन बनाए भने स्टिभ स्मिथ ३६ रनमा आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment