Comments Add Comment

अब बुटवलमै कपाल प्रत्यारोपण

१४ मंसिर, बुटवल । रुपन्देहीको बुटवलमा कपाल प्रत्यारोपण सेवासहित इम्युन हेल्थ केयर प्रालि सञ्चालनमा आएको छ ।

इम्युन हेल्थ केयरको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

प्रदेश ५ मै पहिलो पटक बुटवलमा कपाल प्रत्यारोपण सेवासहित सञ्चालनमा आएको प्रालिमा एक करोड लगानी रहेको छ ।

१४ जना सञ्चालन सदस्य रहेका छन् भने १५ जनाले रोजगारी पाएको सचिव राजीव खनालले बताए ।

उद्घाटनपछि बोल्दै मन्त्री बरालले स्वाथ्य क्षेत्रमा सरकारको लगानी अपर्याप्त रहेको भन्दै लगानी बढाउन तीनै तहका सरकार लागि परेको बताए ।

विशेषज्ञसहितको विशिष्टीकृत स्वाथ्य सेवाको परिकल्पना सरकारको गरेको भन्दै उनले सबै नागरिक स्वाथ्यको पहुँचमा रहने गरी दीर्घकालीन योजना निर्माण गरेर प्रदेश सरकार अघि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment