Comments Add Comment

परिवारप्रेमी मेस्सी : पार्टीमा खासै जाँदैनन्, अनौठा काममा माहिर

लियोनेल मेस्सीको जीवनशैली कस्तो होला ?

विश्व चर्चित यी फुटबलरको शान–शौकत लोभलाग्दो होला । हामीलाई यस्तै लाग्छ । तर, उनको जीवनशैली सामान्य छ । उनी हत्तपत्त कुनैपनि पार्टीमा पनि जाँदैनन् । उनको खानपिन र समग्र जीवनशैलीमा बिलासिताको गन्ध पाईदैन।

केही समय अघि मेस्सीले एक अन्तर्वार्ताको क्रममा बताएका थिए, उनी र पत्नी एन्टोनेला रोक्कुजो एउटा सामान्य आमाबाबु हुन् । जसले बच्चाहरुको राम्रोसँग ख्याल गर्छन्, बिहान बेलुका उनीहरुसँगै समय बिताउँछन् र सँगै खुशी साट्छन् । उनीहरुसँगै एउटा नयाँ प्रेम कहानीको निर्माण गर्ने गरेको उनी स्वयंले बताएका थिए । उनीहरुबीच लामो समयको प्रेमसम्बन्ध पछि २०१७ मा मात्रै विवाह भएको थियो ।

यो पनि पढ्नुहोस जेफ बेजोस : विश्वकै धनी व्यक्तिको सरल जीवनशैली

अर्जेन्टिनामा फक्स स्पोर्टसँगको अन्तर्वार्तामा उनले भनेका थिए “म सामान्य जीवन बिताउने मानिस हुँ । मैले नियमित मेरा बच्चाहरूलाई स्कूल लैजाने गरेको छु । तिनीहरूलाई लिन पनि जाने गरेको छु । म उनीहरूको सामान्य साथी जस्तै हुँ ।” उनकी श्रीमती हृवाट्स एपमा जागिरे छिन् ।उनीसँग विवाह भएको एक दशक पनि नाघिसमेको छ । उनले आफूहरु एउटा सामान्य किसिमको आमाबाबु भएकोले सामान्य मानिसहरुले गर्ने व्यवहार नै आफूहरुले पनि गर्ने बताएका थिए ।

उनले आफूहरुको विवाहबारे सोधिएको प्रश्नमा भनेका छन् ‘जब हामी सानो उमेरमा थियौं । त्यतिबेलादेखि नै एन्टोनेलासँग मेरो चिनजान थियो । बच्चा समयमा देख्ने बित्तिकै पहिलो हेराईमा नै हामीहरुबीच प्रेम सुरु भएको थियो । त्यसपछि म बार्सिलोना गएँ , हामी त्यत्तिकैमा टाढा भयौं, कुराकानी गर्न गाह्रो भयो, केवल टेलिफोनबाट मात्रै कुराकानी धेरै सम्भव भएन । त्यसपछि हामीले विवाह नै गरेर सागै साथैमा बस्न सुरु गर्यौं ।’

यो पनि पढ्नुहोस गुगलका सिइओ सुन्दर पिचाइको दैनिकी : शाकाहारी खाना, साँझमा व्यायाम

उनी सम्झन्छन् जब थिआगोको जन्म भयो त्यसपछि मैले कुनैपनि दिन थकानको महसुस गर्नु परेन । घर आएपछि नै उनको सबै थकाइहरु अन्त्य हुन्थे । उनको दैनिकी प्रायः एकै किसिमको कामहरुबाट बित्ने गर्छ । मेसी बिहान ६ बजे नियमित उठ्ने गर्छन् । उठेर फ्रेस भएपछि उनी बिहानको खाजा खान्छन्, उनी केसरीको रसको साथ केही टोस्ट र अन्नफलहरु खाजामा खान्छन् । बिहानको खाजा खाएपछि उनी फुटबल खेल्दा लगाउने कपडा लगाएर फुटबल खेल्न जान्छन् ।

दिउँसो अभ्यास सम्पन्न भइसकेपछि उनी सिधै घर जान्छन् । घरमा श्रीमतीको केही काम भएमा सघाउँछन् । खाना बनाउनु भए बनाउँछन् । अन्यथा खाना खान्छन् । खाना खाएपछि केहीबेर मात्रै भएपनि सुत्नुपर्ने उनको बानी छ । दिउँसो केहीबेर खाना खाएपछि उनी सुत्छन् । सुतेर ब्यूझिँदा उनकी श्रीमती काममा गइसकेकी हुन्छिन् । जसका कारण छोराहरुको हेरचाह गर्ने जिम्मा मेसीको काँधमा आउँछ । उनी दिउँसोको खाजा खाइसकेपछि आफ्ना छोराहरुसँगै फुटबलको अभ्यासका लागि जान्छन् ।

यो पनि पढ्नुहोस फेसबुकका मालिक मार्क जुकरबर्ग कसरी परिवारसँग रमाउँछन् ?

मेस्सीको परिवार प्रेम

सााझमा मेसी स्टेडियममा जान्छन् । उनी स्टेडियममा नै नुहाएर फ्रेस पनि हुने गर्छन् । उनको केही थान कपडा स्टेडियममा नै पनि हुने गर्छ । उनको लागि पर्खिरहेका साथीहरुसँग केही समय खेलेपछि उनी घर फर्किन्छन् । हरेक साँझ उनी आफ्नो परिवारसँगै नै खाना खान्छन् । उनको परिवारसँग यति प्रेम छ कि एकपटक  परिवारको साथ छोटो समय बिताउन र उनीहरुसँग खाना खानकै लागि बन्द प्रशिक्षणमा रहेको बेलामा समेत तीन घण्टाको यात्रा गरेर घर आएका थिए । जबकी उनी खाना खाएर मात्रै फर्किनु पर्ने अवस्था थियो ।

साधारण जीवनशैली

जसरी उनको पार्टीतिर मन लाग्दैन त्यति नै आफ्ना साथीहरुसँग नयाा ठाउामा जान भने उनी रुचाउाछन् । कहिले टाढा टाढाको स्विमिङ पुलमा पुगेका हुन्छन् । कहिले आफैं पोपलाई भेट्न जााछन् । कहिले कुकुरसँग नै खेलिरहेको फोटो सार्वजनिक गर्छन् । अरु रमाउन नसक्ने कुरामा धेरै रमाउने उनको स्वभाव छ । मेसीबाट जोकोही पनि प्रभावित हुने एउटा कुरा भनेको उनको साधारण जीवनशैली हो । मेस्सी बिरलै बाहिरको पार्टीमा सहभागी हुन्छन् । उनका निकटस्थहरुका अनुसार उनी परिवारमा पनि यति सामान्य छन् कि कसैलाई पनि लाग्दैन उनी त्यति ठूला मानिसहरु हुन् । आफ्नो परिवारका सदस्य अनुसारको व्यवहार गर्न जानेका उनले जीवनलाई कहिलैपनि जटील रुपमा चलाएनन् ।

यो पनि पढ्नुहोस भ्लादिमिर पुटिनको जीवनशैली : सधै स्वस्थ र तन्दुरुस्त

सुरुका दिनहरूमा मेस्सी धेरै डाइट खाने गरेका थिएनन् । पिज्जा, रातो मासु, सुागुर, पनिर र प्रशोधन गरिएको पेय पदार्थ र धेरै खाना खाने गर्थे । तर,  पछि उनले  आहारमा ध्यान दिन थाले । आहार कम भएको कारण उनलाई विभिन्न समस्या हुन थालेपछि डाइटलाई समेत ध्यान दिन थाले ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment