Comments Add Comment

पोखरामा यसरी हुँदैछ सागको अन्तिम तयारी

१४ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा पोखरा जुटेको छ । आइतबारदेखि सुरु हुने १३ औं सागको पूर्वसन्ध्यामा शनिबारसम्म पोखरा रंगशालामा काम भइरहेका छन् ।

रंगशाला गेटमा रंगीचंगी बत्ती हाल्ने कामदेखि फुलबारी बनाएर फूल रोप्नेदेखि विभिन्न देशका झन्डा फहराउने काम भइरहेका छन् ।

रंगशालाभित्र छिर्ने गेटदेखि पोखरा क्रिकेट स्टेडियमसम्म पुग्ने बाटो बनाउने र सम्याउने काम सँगसँगै भइरहेको छ ।

महिला फुटबल हुने तय भएको पोखरा फुटबल स्टेडियमको बाहिरी भागमा बन्ने सिन्थेटिक एथ्लेटिक ट्र्याकको काम अन्तिम चरणमा पुगेको छ । ट्रयाक नाप्न २ जना प्राविधिक इंग्ल्यान्डबाट पोखरा आएका छन् । महिला फुटबल खेलाडीका लागि चेन्जिङ रुम बनाउन पनि सुरु भएको छ । शुक्रबारबाट सुरु भएको अस्थायी चेन्जिङ रुम ३ दिनभित्र सकिने प्राविधिक रफिपललृ जानकारी दिए । स्टेडियममा मंसिर १७ गतेदेखि महिला फुटबल सञ्चालन हुँदैछ ।

रंगशालामा प्यारापिटको बाहिरी भागमा राखिने फलामका बारहरु शुक्रबामात्रै पोखरा आइपुगेको छ । फलामेबार सागपछि मात्रै जडान गरिने प्राविधिकले जानकारी दिएका छन् । ‘हिजो साँझमात्रै बिम पोखरा आइपुग्यो । अहिले जडान गरेर भ्याइँदैन,’ एक प्राविधिकले भने, ‘अब यो काम सागपछिमात्रै हुन्छ ।’

सागका लागि पोखरा रंगशालादेखि पृथ्वीचोकसम्मको बाटो सफा गरिएको छ । सडक तथा जेब्राक्रससमेत रङ लगाइएको छ । रंगशालासम्म पुग्ने २८ वटा बिजुली पोल तथा विभिन्न चोकमा नेपालको झन्डा राखिएको छ ।

१३ औं सागका ८ खेल पोखरामा हुनेछ । त्यसमध्ये आर्चरी, ह्यान्डबल, महिला फुटबल र क्रिकेट, ब्याडमिन्टन पोखरा रंगशालामा हुनेछन् भने ट्रयाथलन र बिच भलिबल लेकसाइड तथा भारात्तोलन माटेपानीमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment