Comments Add Comment

सल्यानको कुमाखमालिकामा नेकपा विजयी

१४ मंसिर, सल्यान । कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् ।

शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ ।

कुमाखमालिका ५ यसअघि पनि नेकपाले नै जितेको ठाउँ हो । गत चुनावमा माओवादी केन्द्रका हरि प्रकाश बुढाथोकीले ७८८ मत ल्याएर जितेका थिए भने एमालेले २२९ मत ल्याएको थियो । दुई पार्टी मिल्दाखेरि यसपालि नेकपाको भागमा ७९२ मत परेको छ ।

नेपाली कांग्रेसले अघिल्लो चुनावमा यस वडामा १८० मत मात्रै पाएकोमा यसपालि केही मत बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment