Comments Add Comment

पुलिसको घोडालाई चियाको लत, पिउन नपाए डेग चल्दैन

कुनै मानिसलाई चिया पिउने लत लागेको त सुनिएकै हो । तर कहिलेकाहीँ मान्छेमात्र होइन, घोडालाई पनि चियाको लत लाग्ने रहेछ ।

बेलायतमा हालै एउटा पुलिसको घोडालाई चियाको लत लागेको छ ।

मर्सीसाइड पुलिसको उक्त घोडालाई चियाको यस्तो लत लागेको छ कि चिया पिउन नपाएमा कुनै कामै गर्दैन ।

हरेक बिहान उक्त घोडालाई उसको तबेलामै एक कप चिया लगेर खुवाउनु पर्दछ । तबमात्र ऊ नियमित कामका लागि बाहिर निस्किन मान्दछ ।

चियाको लत बसेको उक्त घोडाको नाम ज्याक हो । यसको उमेर २० वर्षको छ ।

ज्याक चियाको पारखी भएको कुरा मर्सीसाइड पुलिसको माउन्ट सेक्सनमा कार्यरत सबै कर्मचारीलाई जानकारी छ । त्यसैले हरेक बिहान उसलाई चिया पिलाउन कोही पनि भुल्दैन ।

ज्याकलाई १५ वर्षअघि देखि चियाको लत बसेको हो । मिडिया रिपोर्ट अनुसार सवारीका क्रममा ज्याकमा सवार कुनै एकजना पुलिस कर्मचारीले आफुले खाएर बँचेको चियाको कप ज्याकको नजिकै राखिदिएछन् । उक्त कपमा बँचेको चिया ज्याकले खायो । त्यसरी उसले धेरैपटक चिया चाख्न पाएपछि उसलाई चियाको लत नै लागेको हो ।

ज्याकलाई बढि तथा चिज हालेको चिया मन पर्दैन । शुद्ध दुधमा बनाएको चिया उसलाई मन पर्दछ । त्यसमा एकदुई चम्चा चिनी हाल्दियो भने निकै खुसी हुन्छ । ज्याकले चिया पिएको भिडियो सोसल मिडियामा निकै चर्चित बनेको छ ।

उमेरहदका कारण ज्याक आगामी वर्ष पुलिस सेवाबाट निवृत्त हुने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment