Comments Add Comment

कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाको अग्रता

१५ मंसिर, फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाको अग्रता कायमै रहेको छ । मतगणनाको पछिल्लो विवरण अनुसार नेकपाका वीरबहादुर कुरुम्बाङ २७२५ मतका साथ अगाडि छन् ।

उनलाई नेपाली कांग्रेसका बृजहाङ आङ्देम्बेले २५३१ मतका साथ पछ्याइरहेका छन् । समाजवादी पार्टीले १६२ मत पाउँदा राप्रपा नेपालले १९ र राप्रपा संयुक्तका उम्मेदवारले ४४ मत पाएका छन् ।

फाल्गुनन्द गाउँपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च लिम्बुवानले १३६ मत प्राप्त गरेको छ । हालसम्म ५ हजार ७०३ गणना हुँदा नेकपा उम्मेदवारले १९४ मतले अग्रता लिएको निर्वाचन अधिकृत नवराज दुलालले बताए ।

सो गाउँपालिका अध्यक्षमा यसअघि नेपाली कांग्रेसका अमर नेम्वाङ बिजयी भएका थिए । हृदयघातबाट उनको निधन भएपछि उपचुनाव हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment