Comments Add Comment

विद्यार्थी बिरामी भएपछि मध्यरातमा विद्यालयमा धामी

१५ मंसिर, विराटनगर । विद्यार्थीमा अनौठो समस्या देखिएपछि मोरङको बेलबारी नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयले मध्यरातमा धामी राखेका छन् ।

अध्ययनका लागि आएका छात्रामा टोलाउने बेहोस हुने र शौचालयमा अनौठो दृष्य देखिएपछि बेलबारी नगरपालिका –६ मा रहेको विरेन्द्र माध्यमिक विद्यालयमा शनिबार राति धामी राखिएको हो ।

स्कुलमा भूत प्रवेश गरेको भन्दै भोजपुरबाट धामी बोलाएर राति १२ बजेसम्म पुजा गरिएको स्कुलका प्राध्यानाध्यापक तीर्थबहादुर राईले जानकारी दिए ।

शौचालय गएर फर्कने छात्रामा टोलाउने, बिरामी हुने, वान्ता हुने समस्या देखिएपछि शुक्रबार धामीलाई जोखाना देखाइएको थियो । जोखाना देखाउँदा जागित्र(मृतआत्मा) रहेको बताएपछि शनिबार धामी राखिएको प्रध्यानाध्यापक राईले बताए ।

धामी राख्नका लागि शुक्रबार स्कुल बिदा गरिएको थियो । शनिबार धामी राखेपछि आइतबार विद्यार्थीहरुमा कुनै समस्या नदेखिएको उनले बताए । उनका अनुसार विद्यालयमा ४ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment