+
+

धरानमा कांग्रेसलाई ७ सय ७ मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते २०:०२

१५ मंसिर, धरान । धरान उपमहानगरपालिकाको उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर कायम राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार कांग्रेसका तिलक राईले ११ हजार ८ सय २७ र नेकपाका प्रकाश राईले ११ हजार १ सय २० मत पाएका छन् ।

राति ८ बजेसम्मको मतगणना सकिँदा कांग्रेसको मतान्तर ७ सय ७ पुगेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्वुले ५९०, समाजवादीका गजेन्द्रबहादुर लिम्वुले ३९३, स्वतन्त्र उम्मेदवार हर्कराज राईले २२२ र राप्रपाका रोशन विकले ७७ मत ल्याएका छन् ।

उपमहानगरपालिकाको वडा नम्वर १२,१४,१५,१६,१७,१८,१९ र २० गरी ८ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने वडा नम्वर १०, ११ र १३ को मतगणना अहिले जारी छ ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन एमालेका तारा सुब्बा २० हजार ९७५ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका तिलक राईको १६ हजार १०२ मत थियो ।

उपनिर्वाचनमा ५५ हजार ११ मत खसेकामा २४ हजार ९ सय ५० मतमात्रै गणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?