
दबंग ब्वाई सलमानको जीवनशैली कस्तो होला ? उनी के खान्छन् ? कस्तो खानेकुरा खान्छन् ? आफुलाई फिट एन्ड फाइन राख्न के गर्छन् ? सधै जवान र तन्दुरुस्त बन्ने राज के हो ?
अहिले बलिउड इन्डस्ट्रीमा सबैभन्दा प्रभावशाली मानिने उनी कुनै फिल्मलाई ब्लकबस्टर हिट बनाउने वा फ्लप बनाउने भन्ने विषयमा समेत प्रभाव पार्नसक्ने व्यक्ति मानिन्छन् । यतिहुँदा हुँदै पनि उनलाई बलिउडमा उनको राम्रो अभिनयको कारणले भन्दापनि उनको फिटनेसको कारणले उनी चर्चित छन् ।
उनी मिडियासँगको कुराकानीमा भन्छन् ‘आहार, व्यायाम कसरत र प्रशिक्षण नै फिटनेसको मूल मन्त्र हो ।’
अनुशासन र बलियो मानसिकता
सलमानको विश्वास छ कि जीम जानु मात्रै फिट रहने अन्तिम मन्त्र होइन । उनले एउटा अन्तर्वार्तामा भनेका थिए ‘जिमभन्दा धेरै राम्रो शरीर जिम नगएरै पनि बनाउन सकिन्छ । तपाईं जिममा धेरै घण्टा बिताउन सक्नुहुन्छ । तर, शरीर सन्तुलित बनाइराख्न तपाईंले अनुशासन र बलियो मानसिकताको विकास भने गराउनै पर्छ । जसले तपाईंको शरीरलाई इच्छित रुपमा विकास गर्नमा ठूलो भूमिका खेल्छ ।’ उनी भन्छन् ‘शरीर विकासको लागि कसरत एक मात्र रहस्य होइन । जीवनशैली र खाने बानीमा पनि परिवर्तन गर्नु महत्वपूर्ण हुन्छ ।’
कम्तिमा १/२ घण्टा जिम
व्यस्त तालिकाको बाबजुद पनि सलमान खान प्रत्येक दिन कम्तिमा १/२ घण्टा जिम जाने गर्छन् । उनको कसरत गर्ने दैनिक तालिका अनौंठो छ । उनले आफ्नो शरीरको सबै भाग भन्दापनि मुख्य दुई भागलाई बढी ध्यान दिने गर्छन् । उनी छाती र पाखुरालाई आकर्षक बनाउनको लागि मात्रै नियमित जिम जाने गर्छन् । यही दुई भागको व्यवस्थापनको लागि उनले कसरतमा बेन्च प्रेस, तौल प्रशिक्षण, ट्रेड मिल, सिट-अप, पुशअप, सर्किट ट्रेनिङ आदि व्यायाम शैलीलाई नियमित अपनाउने गर्छन् । सलमानको अर्काे विशेषता भनेको हप्तामा एक पटक जिम जान छोड्नु र त्यसदिन आˆनो शरीरलाई पूर्ण आराम दिनु पनि हो ।
एक दिनमा ५/६ पटक खाना
सलमान जिममा दैनिक एक घण्टा बिताउँछन् । एक व्यस्त तालिकाको अनुसरण गर्दै उनी डाईटमा विशेष ध्यान दिन्छन् । उनी खास गरी भारतीय र इटालियन खाना मन पराउँछन् । तर, उनी धेरै मीठो र प्रशोधन गरिएको खाना खाँदैनन् ।
सलमानले एक दिनमा ५/६ पटक खाना खाने गर्छन् । यसले उनको शरीरमा हुने पाचन प्रणालीले राम्रोसँग काम गर्ने उनको तर्क छ । उनी आफ्नो दिनको सुरुवात नै एउटा दमदार शारीरिक अभ्यासको साथ गर्ने गर्छन् । अभ्यासमा जानु अघि उनी बिहानको खाजा खाने गर्छन् । बिहानको खाजामा उनी ४ वटा अण्डाको सेतो भागमात्रै खान्छन् र २ वटा पूरै अण्डा खान्छन् । कम ˆयाट भएको दुध उनलाई मनपर्छ । कसरत गरिसकेपछि उनी ओट्स खान्छन् । यसका साथै प्रोटिनको लागि उनी विभिन्न किसिमका खानाहरु खाने गर्छन् ।
खानामा उनी पकाएको तरकारी, कुखुराको मासु र भातको साथ रोटी खान्छन् । उनलाई सामान्यतया ग्रील्ड तरकारी र सलादहरू मनपर्छ । साँझको खाजा र दिनको अन्य स्वास्थ्यकर खाजा नियमित रूपमा खान्छन् । रातिको खानामा सलमान दुई अण्डा, माछा वा कुखुरा र सूप खाने गर्छन् ।
अन्य टेकवे
सलमानलाई साइकल र क्रिकेट साह्रै मनपर्छ । स्वस्थ जीवनको लागि खेलकुदहरूले महत्वपूर्ण भूमिका खेल्छ भन्ने उनको धारणा छ । खेलकुदले शरीरलाई फिट राख्छ र मानिसहरूले सामान्य रूपमा यसलाई रमाइलो पनि गर्छन् । जब खेलकुदको कुरा आउँछ, सलमान अरुभन्दा धेरै कि्रकेट हेर्ने र खेल्ने पनि गर्छन् । उसले सामाजिक सञ्जालमा दिने प्रतिक्रियाले पनि उनी साइकलका कति प्रेमी छन् ? भन्ने यकीन गर्छ ।
उनी सातामा एक दिन मुम्बई शहरमा एक घण्टादेखि तीन घण्टासम्म साइकलमा भेटिन्छन् । उनी कहिले हात छाडेर साइकल चलाइरहेको तस्बिर सामाजिक सञ्जालमा राखिरहेका हुन्छन् भने कहिले साइकलमा नै रमाइरहेका देखिन्छन् ।
प्रतिक्रिया 4