Comments Add Comment

१७ लाख बढीको छोकडा र मरिच बरामद

१६ मंसिर, वीरगञ्ज । प्रहरीले पर्साको छिपहरमाई गाउँपालिकाबाट १७ लाख ६० हजार ६५० रुपैयाँ बराबरको छोकडा र मरिच नियन्त्रणमा लिएको छ ।

गैरकानुनी तवरले नेपालबाट भारततर्फ लैजादैं गर्दा छोकडा, मरिचसहितको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

छिपहरमाई-५ भिष्वा बजारबाट छोकडा, मरिचलगायत सामान लोड गरेर ना४त ५३२२ नं.को ट्याक्टर भारततर्फ लैजादै गर्दा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएको समान आवस्यक कारबाहीका लागि भन्सार कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment