Comments Add Comment

स्थानीय तहका लेखा अधिकृतलाई संघ मातहत राख्न माग

१६ मंसिर, काठमाडौं । लेखा अधिकृतले स्थानीय तहको आर्थिक प्रशासन प्रमुख पनि संघ मातहतमै राख्न माग गरेका छन् ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय सरकार मातहत रहेजस्तै लेखा अधिकृत पनि सघीय सरकार मातहत नै हुनुपर्ने माग गरेका हुन् ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पत्र बुझाई उनीहरुले स्थानीय तहमा समायोजन हुँदा वृत्ति विकासको अवसर बन्द भएको र एउटै तहबाट अवकाश पाउनुपर्ने अवस्था रहेको भन्दै संघमा रहेका समान तहका कर्मचारी सरह सरुवा बढुवा लगायतका प्रावधान स्थानीय तहमा समायोजित कर्मचारीमा पनि लागू हुनुपर्ने माग गरेका छन् ।

स्थानीय तहमा आफूभन्दा जुनियर प्रमुख प्रशासकीय अधिकृत मातहत काम गर्नुपरेको भन्दै कतिपय लेखा अधिकृतको मनोबल खस्केको पनि समितिलाई दिइएको पत्रमा जनाइएको छ ।

विदेशमा पनि लेखा समूहका कर्मचारी संघ मातहतमा नै राखिएको उदाहरण प्रंस्तुत गर्दै उनीहरुले नेपालमा लेखा समूहको पनि लेखा अधिकृतलाई मात्र स्थानीय तहमा समायोजन गर्दा अन्याय भएको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment