+
+
Shares

कराँतेको फाइटतर्फ नेपालका लक्ष्मण तामाङले जिते स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १४:३७

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा लक्ष्मण तामाङले नेपालको लागि पहिलो स्वर्ण जितेका छन् ।

सोमबार कातातर्फ स्वर्ण जितेको नेपालले फाइट (कुमुते) तर्फ पनि शुरुमै स्वर्ण जितेको हो । ५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १-० ले पराजित गरे ।

सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सूर्यलाई पराजित गरेका थिए । लक्ष्मणले स्वर्ण जितेसँगै नेपालले सागमा जितेको स्वर्णको संख्या ७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?