+
+
Shares

साग महिला क्रिकेट : एकै खेलमा नेपालको ४ कीर्तिमान !

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १४:४१

१६ पोखरा, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला सागमा शानदार सुरुवात गरेको नेपालले पहिलो खेलमै चार कीर्तिमान बनाएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट ग्राउन्डमा नेपाल र माल्दिभ्सबीच भएको खेलमा नेपालका अञ्जली राईले कुनै पनि रन नदिई २ ओभर १ बलमै ६ विकेट लिएर नयाँ कीर्तिमान काय गरिन् ।

टी–२० अन्तर्गत यो उपलब्धी हालसम्मकै पहिलो हो ।

माल्दिभ्सले १७ रन ल्याउने क्रममा ९ खेलाडी शून्य रनमै आउट भएर अर्को कीर्तिमान कायम भएको प्रशिक्षक जगत टमाटाको दाबी छ । ‘९ खेलाडीले १ रन पनि नल्याएर आउट भएको यो पहिलो पटक हो,’ उनले दाबी गरे ।

टी–२० खेलमा सम्पूर्ण खेलाडी १६ रनमै अलआउट हुनु पनि पहिलो रेकर्ड भएको टमाटाको दाबी छ ।

‘१७ रनको लक्ष्य पाउँदा ५ बलमै जित हासिल गर्नु पनि अर्को कीर्तिमान भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?