Comments Add Comment

एलजीको कन्डेन्सर ड्रायर नेपाली बजारमा

१७ मंसिर, काठमाडौं । एलजी उपभोक्ताको माग ध्यानमा राखेर एलजीले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको छ ।

कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजी छ, जसले लुगामा भएको ओसलाई पत्ता लगाएर सहि तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउँछ ।

साथै यसमा ठूलो ड्रमको क्षमता रहेको छ, जसमा धेरै लुगाहरु एकै चोटीमा सुकाउन सकिन्छ । र्‍याक निर्मित भएकोले नाजुक कपडा, कपडाको खेलौना साथै जुक्ताहरु नघुमाईकन सुकाउँदछ ।

ट्रु स्टिम र २ वे टम्बिलिङ टेक्नोलोजिले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउछ । यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एल.जीको वासिङ्ग मेसिन सँगै सजिलै जडान गर्न सकिन्छ ।

साथै एलजीसँग वासर ड्रायर भएको वासिङ्ग मेसिन पनि उपलब्ध छ, जस्ले कपडा धुनुका साथ साथै १००प्रतिशत सुकाउँछ । यस वासर ड्रायरको माग यस चिसोको मौसमा बढदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment