Comments Add Comment

हेलिकप्टरबाट वन्यजन्तुको अंग तस्करी, एक जना पक्राउ

१७ मंसिर, काठमाडौं । हेलिकोप्टरमार्फत प्रतिबन्धित वन्तजन्तुको अंग तस्करी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हुम्लाको ताँजाकोट गाउँपालिका–५ की २९ वर्षीया सम्झना बुढा छन् ।

मंग्लबार बिहान करिब ९ बजे सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोरखाबाट घापबाट काठमाडौं आएकी उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

विमानस्थल प्रहरी प्रमुख डीआईजी सुर्य उपाध्यायले अनलाइनखबरलाई बताएअनुसार बुढाले सेतो रंगको बोरामा कालो रंगको वन्यजन्तुको सिंग जस्तो देखिने वस्तु बोकेकी थिइन् ।

विमानस्थलको फलामे गेट प्रहरी चेकिङ्ग एरियामा एक्सरे मेसिनमा स्क्रीनिङ गर्ने क्रममा वन्यजन्तुको सिंग फेला परेको उनले बताए ।

उनका अनुसार थप अनुसन्धानका लागि प्रहरीले उनलाई जिल्ला वन कार्यालय, हात्तीसार पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment