+
+
Shares

टिपरको ठक्करबाट मोरङमा ४ वर्षीया बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १७:१४

१७ मंसिर, काठमाडौं । मोरङमा टिपरको ठक्करबाट मंगलबार एक जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका वडा नं.  ५ डुम्राहाकी ४ वर्षीया बालिका राधिका कुमारी मण्डल रहेकी छन् ।

डुम्राहाको भित्री सडकमा हिँडिरहेकी बालिका मण्डललाई ना ८ ख ७०५३ नं. को टिपरले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ।

बालिकालाई ठक्करदिने टिपरका चालक मोरङको रतुवामाई नगरपालिका वडा नं. ५ बस्ने ३० वर्षीय आशिष कठेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?