+
+
Shares

पर्यटन बोर्डको सीईओका लागि आवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते ८:०१

१८ मंसिर, काठमाडौं । पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका सरकारले आवेदन माग गरेको छ । बोर्डको सीईओ नियुक्तका लागि गठन गरिएको उपसमितिले बुधबार सार्वजनिक सूचना निकाल्दै आवेदन माग गरेको छ ।

बोर्डका सीईओ दीपकराज जोशीको कार्यकाल सकिन लागेकाले नयाँ सीईओका लागि आवेदन माग गरिएको हो । २०७२ पुसमा सीईओ नियुक्त भएका जोशीको चार वर्षे कार्यकाल आगामी पुस ९ गते पूरा हुँदैछ ।

उपसमितिले आजको मितिबाट २१ दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ । सीईओका लागि ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनु पर्नेछ ।

यस्तो छ सूचनाः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?