+
+
Shares

खोपले बालकको ज्यान गएको परिवारको दाबी, स्वास्थ्यकर्मी भन्छन्– होइन

रामहरि ओझा रामहरि ओझा
२०७६ मंसिर १८ गते ९:०६

१८ मंसिर, डोटी । जिल्लाको जोरायल गाउँपालिका–१, घण्टेश्वर खारका एक बालकको मृत्यु खोपका कारण भएको परिवारले दाबी गरेका छन् । तर, खोप लगाएको स्वास्थ्यचौकीले भने त्यसको खण्डन गरेको छ ।

मंगलबार दिउँसो डीपीटी पेण्टा, एफआईपिभी खोप र पोलियो थोपा खुवाइएका पुष्कर मल्लको खोपकै कारण ज्यान गएको उनको हजुरबुबा टेकबहादुर मल्लले दाबी गरे ।

उनका अनुसार स्वस्थ अवस्थामा खोप लगाइएको बालकको राति सुतेकै अवस्थामा निधन भएको थियो ।

स्वास्थ्यचौकीले भने खोपका कारण बालकको मृत्यु भएको परिवारको दाबीको खण्डन गरेको छ । धण्टेश्वर स्वास्थ्य चौकीका इन्चार्ज हिरा भट्टले भने, ‘खोपका कारण भए त खोप लगाएको आधा घण्टाभित्रै कुनै न कुनै समस्या देखिन्छ, बालकमा त्यस्तो भएको देखिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?