Comments Add Comment

प्रधानमन्त्रीलाई डिस्चार्जको तयारी, अस्पताल भन्छ – चिकित्सकीय अवलोकनमा राखिएको छ

१८ मंसिर, काठमाडौं । ९ दिनदेखि अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको  प्रधानमन्त्री निकटस्थ स्रोतले जनाए पनि अस्पतालले भने चिकित्सकीय अवलोकनमा राखिएको जनाएको छ ।

एपेण्डिसाइटिसको अपरेशनपछि अस्पताललमै आराम गरिरहेका ओलीले बालुवाटारमै आराम गर्ने मनसाय बनाएपछि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको हो । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले कम्तीमा एक साता बालुवाटारमै आराम गर्नेछन् ।

अपरेशनपछि रगतमा अक्सिजन र प्लेटलेट्सको मात्रा कम भएको, सुगर पनि तलमाथि भैरहेको र नियमित डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज नगर्ने अस्पतालको तयारी थियो ।

तर, प्रम ओलीले अस्पतालमा बसिरहँदा गलत सन्देश जाने भनेर कर गरेपछि डिस्जार्ज गर्न लागिएको उपचारमा संग्लग्न एक चिकित्सकले बताए । उनले भने, ‘बालुवाटारमै चिकित्सकको निगरानीमा राख्ने तयारी भएको छ, डिस्जार्ज गर्ने भन्ने छ तर, फाइनल भइसकेको छैन ।’

प्रधानमन्त्री ओलीलाई मंसिर ९ गते एपेन्डिसाइटिस भएको थियो । एपेन्डिसाइटिसलगत्तै शल्यक्रिया गरिएका प्रधानमन्त्री ओली अहिले चिकित्सकको निगरानीमा अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन् ।
यसैवीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज डिस्चार्जको कुनै तयारी नभएको बताए ।

बुधबार नै अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकनमा राखिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment