+
+
Shares

‘संझना विर्सना’मा पूजाको यस्तो लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १२:३६

भारतको सिलगुडीमा चलचित्र ‘संझना विर्सना’को छायांकन धमाधम चलिरहेको छ । यो चलचित्रमा नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा, कलाकार शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रमा नायिका पूजा शर्मा ‘संझना’को भूमिकामा देखिएकी छिन् । पूजा आफैले नै आफ्नो चलचित्रको नाम र लुक्स सार्वजनिक गरेकी छिन् ।

चलचित्रमा पूजा कतै लजालु यूवतीको भूमिकामा देखिएकी छिन् भने कतै उनी एङ्ग्री अवतारमा देखिएकी छिन् । यो चलचित्रलाई निमेष प्रधानले निर्देशन गरिरहेका छन् । आदित्य प्रधान र रेविका प्रधान यो चलचित्रको लगानीकर्ता हुन् ।

पूजाको लुक्सले पनि चलचित्रप्रति कौतुहलता पैदा गरेको छ । पछिल्लो वर्षमा नायक आकाश र नायिका पूजाको जोडीलाई लिएर चलचित्रमा काम गराउने निर्माताको संख्या बढिरहेको छ ।
चलचित्रको छायांकन सिलगुडीपछि दार्जिलिङ्ग र सिक्किममा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?