Comments Add Comment

मालपोत कार्यालय भक्तपुरका नासु र कार्यालय सहयोग घुससहित पक्राउ

१८ मंसिर, काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका दुई जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।

नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेका थिए । उनी करारमा कार्यरत गौतमलाई उक्त रकम दिन भनेर आग्रह गरेको उजुरी परेको थियो ।

सूचनाको आधारमा कार्यालय पुगेको अख्तियारको टोलीले मंगलबार दुवै जनालाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment