+
+
Shares

बुटवलमा विद्युतीय बस एसेम्बल गर्ने सुन्दरको योजना

बस सेवा पनि थाल्दै

टोपराज शर्मा टोपराज शर्मा
२०७६ मंसिर १८ गते १७:३६

१८ मंसिर, बुटवल । नेपालमै पहिलोपटक विद्युतीय बस सञ्चालनमा ल्याएको सुन्दर यातायात प्रालि सञ्चालकहरुै लगानीमा स्थापित सुन्दर अटो इन्जिनियरिङले बुटवलको औद्योगिक क्षेत्रमा विद्युतीय बस उत्पादन (एसेम्बल) गर्ने योजना बनाएको छ ।

बुटवलको मोतिपुरमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रमा चीनको सिचुवान गुहाङ अटोमोबाइल्स र बीएके कम्पनी तथा सुन्दर यातायात प्रालिले संयुक्त रूपमा विद्युतीय बस उत्पादन गर्ने तयारी भएको हो ।

एक अर्ब रुपैयाँ लागतको उक्त परियोजना अघि बढ्न लागेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए । उनका अनुसार यसमा चिनियाँ कम्पनीले प्राविधिक किसिमको सहयोग गरेपनि प्रत्यक्ष वैदेशिक लगानी भने नल्याउने उनको भनाइ छ ।

आउँदो ६ महिनाभित्र एसेम्बलको शुरु गर्ने तयारी भएको थापाले बताए । ‘हामी नेपालमै विद्युतीय बस एसेम्बल गर्छौं,’ उनले भने,’यहाँ उत्पादन गर्दा देशले पनि फाएयदा पाउँछ भने नेपाली सडकलाई उपयुक्त बसहरु डिजाइन गरेर निर्माण गर्न सकिन्छ ।’

बस उत्पादन गर्दा चिनियाँ कम्पनी बीएकेबाट अहिले आईरहेकाभन्दा राम्रो गुणस्तर र सुविधा राख्ने योजना रहेको बताए ।

बुटवलमा पनि विद्युतीय बस

काठमाडौंमा विद्युतीय बस चलाइरहेको सुन्दर यातायात प्रालिले अबको रुपन्देहीमा पनि ६ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने जनाएको छ ।

त्यसका लागि बुटवलको तीनकुनेमा शाखा कार्यालय स्थापना गरिसकेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनीलाई मध्यनजर गरी काठमाडौं बाहिर पहिलोपटक रुपन्देहीबाट सेवा विस्तार गर्न थालिएको प्रालिका सञ्चालक डीआर घिमिरेले बताए ।

विद्युतीय बस डिजेल गाडी भन्दा  पूर्ण वातानुकूलित सुविधायुक्त, आधुनिक र वातावरणमैत्री हुनुका साथै भाडा दर पनि २० प्रतिशत सस्तो हुने घिमिरले बताए ।

शाखा कार्यालयको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री सुर्दशन वरालले बढ्दो ब्यापार घाटा कम गर्न र वातावरण संरक्षणका लागि पनि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने सरकारको नीति रहेको बताए ।

स्वदेशमै उत्पादन हुने नवीकरणीय उर्जा (विद्युत) मार्फत चल्ने गाडी सञ्चालन गर्ने कम्पनीहरु आउनु स्वागतयोग्य भएको भन्दै मन्त्री बरालले सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सुन्दर यातायातले अहिले काठमाडौंमा चार वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ भने छिटै ३० वटा पुर्‍याउने तयारी रहेको अध्यक्ष थापाले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?