Comments Add Comment

तेक्वान्दोकी संगीताले जितिन् स्वर्ण

१८ मंसिर, काठमाडौं । तेक्वान्दोकी संगीता बस्यालले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । ६७ केजीमुनि प्रतिस्पर्धा गरेकी उनले भारतीय खेलाडीलाई १९-८ को स्कोरमा हराएकी हुन् ।

यो बुधबार तेक्वान्दोको पहिलो स्वर्ण हो भने १३ औं सागको १० औं ।

सागमा पहिलो सहभागितामा नै स्वर्ण जित्न सफल हुँदा खुसी लागेको बस्यालले बताइन् । अबको लक्ष्य एसियन गेम्स भएको भन्दै उनले अझ मेहनत गर्ने बाचा गरेकी छन् ।

तस्वीरः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment