Comments Add Comment

ट्रायथोलनमा २ स्वर्णसहित ६ पदक जितेर नेपाल पहिलो

१८ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको ट्रायथोलनमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण, ३ रजत र १ कास्यसहित ६ पदक जितेको छ ।

नेपालले ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले स्वर्ण जिते । दुआथोलनकै पुरुष स्प्रिन्ट विधामा लक्ष्मण मल्ल र सोही विधामा महिलातर्फ हुमी बुढा मगरले रजत पदक जिते ।

बुधबार भएको ट्रायथोलनतर्फ मिक्स टिम रिलेमा सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र वसन्त थारुको समूहले रजत पदक प्राप्त गर्‍यो । ट्रायथोलनकै पुरुष स्प्रिन्ट विधामा नेपालकै वसन्त थारुले कास्य पदक जिते । सागको ट्रायथोलनमा नेपाल पहिलो स्थानमा रह्यो ।

खेलमा भारतले ५ पदक हातपारेको छ । भारतले २ स्वर्ण, २ रजत र १ कास्य जित्दै दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा रहेको श्रीलंकाले १ स्वर्ण र ३ कास्यसहित ४ पदक जित्यो ।

३ दिनसम्म विभिन्न विधामा भएको खेलमा नेपाल, भारत र श्रीलंकाका २६ खेलाडीले ५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए । सागको अघिल्लो संस्करणमा ट्रायथोलनमा नेपालले १ रजत र १ कास्य पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment