+
+

भृकुटीमण्डपमा यामाहाको महा एक्सचेन्ज मेला सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १८:५१

१८ कात्तिक, काठमाडौं । एमएडब्लु .इन्टरप्राइजेजले मोटरसाइकलका पारखीहरुलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै यामाहा महाएक्सचेन्ज मेला सुरु गरेको छ ।

मेला काठमाडौंको भृकुटीमण्डपमा २२ मंसिरसम्म ५दिनका लागि संचालन हुनेछ । यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो मोटरसाइकल तथा स्कुटरको प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ बढी मूल्यांकन पाइनेछ । साथै, ग्राहकले ३० भन्दा बढी रिकण्डीसन हाउसबाट आफ्नो साधनको सहि मुल्याङकन पाइनेछ ।

ग्राहकले ७ हजार रुपैयाँ नगद छुट, फ्रि एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाइनेछ । महाएक्सचेन्ज मेलामा ख्याती प्राप्त कलाकारहरुको आगमनले मेला अझै भब्य हुनेछ भने पि्रयंका कार्की १८ मंसिर, बुधवार दिनको ३ बजेदेखि बेलुकी ५ बजे सम्म र अनुप विक्रम शाही २१ मंसिर, शनिवार दिनको ३ बजे देखि बेलुकी ५ बजे सम्म उपस्थिति हुनेछ ।

ँयस महाएक्सचेन्ज मेला हाम्रा उत्कृष्ट अफर र आकर्षणका साथ अझ भब्य हुने कुरामा हामी विश्वत छौं । यामाहा वाइकहरु, हाम्रा उपभोक्ताहरु माझ सर्वप्रिय ब्राण्ड रहन गएकोमा कुनै दुइ मत छैन ।यस यामाहा महाएक्सचेन्ज मेला योजना मार्फत देशकै सर्वकृष्ट बाइकहरु हाम्रा उपभोक्तामाझ पुर्‍याउन हामी प्रतिवद्ध छांै,’ यामाहा मार्केटिङ हेड विक्रम पौडेलल भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?