Comments Add Comment

प्रहरी हिरासतबाटै फरारमध्ये तीन जना पक्राउ

१८ मंसिर, सिराहा । सिराहाको प्रहरी कार्यालयको हिरासतबाट फरार भएका आठ जना मध्ये तीन जना पक्राउ परेका छन् । उनीहरुलाई सिराहाकै बिभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

गत मंसीर १४ इलाका प्रहरी कार्यालय महेशपुर पतारीको थुनुवा कक्षमा रहेका आठ जना थुनुवाहरु फरार भएका थिए । हिरासत कक्षको उत्तरतर्फको गेटको ताला तोडेर उनीहरु फरार भएका थिए । व्याप्क खोजीका बीच तीन जनालाई बुधबार पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । एक जनालाई यसअघि फरार भएकै दिन पक्राउ गरिएको थियो ।

बुधबार पक्राउ पर्नेमा सिरहाको सखुवानानकरकट्टी गाउँपालिका १ बस्ने २४ वर्षीय रणधीर कुमार यादव, गोलबजार नगरपालिका ६ बने २० वर्षीय गणेशकुमार साह र नरहा गाउँपालिका १ बस्ने १८ वर्षीय नवीनकुमार यादव छन् ।

शनिबार राति फरार भएका मोरङ जिल्लाका रोशन खड्कालाई पक्राउ गरिसकिएको छ । यी चारै जना लागूऔषधसहित बिभिन्न मितिमा पक्राउ परेका थिए ।

हिरासत कक्षको दोस्रो घेरामा ल्याई खाना खुवाउने क्रममा उत्तर तर्फको गेटको ताल्चा तोडी आठ जना थुनुवा फरार भएका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिभिन्न ठाउँमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।

उनले फरार भएका बाँकी व्यक्तिहरुको पनि खोजी भइरहेको जानकारी दिए । ‘हामी उनीहरुको पनि तीव्र रुपमा खोजी गरिरहेका छौं’ उनले भने, “बाँकी पनि चाँडै नियन्त्रणमा आउँछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment