+
+
Shares

नेपाल राष्ट्रिय जातीय संग्रहालयमा नयाँ कार्यसमिति

नेपाल राष्ट्रिय जातीय संग्रहालयको अध्यक्षमा पुनः कुमार ब्लोन तामाङ निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते ८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्रिय जातीय संग्रहालयको अध्यक्षमा कुमार ब्लोन तामाङ आगामी तीन वर्षे कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।
  • अधिवेशनबाट रणबहादुर थामी प्रथम उपाध्यक्ष, गंगामाया धिमाल द्वितीय उपाध्यक्ष र इन्दिरा जिमी महासचिवसहित नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
  • नवनिर्वाचित कार्यसमितिले विभिन्न समुदायका भाषा, संस्कृति, कला, परम्परा र भेषभूषाको संरक्षण तथा अभिलेखीकरणलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

७ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय जातीय संग्रहालयको अध्यक्षमा पुनः कुमार ब्लोन तामाङ निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि जातीय संग्रहालयको अध्यक्षमा तामाङ पुनः निर्वाचित भएका हुन् ।

अधिवेशनबाट रणबहादुर थामी प्रथम उपाध्यक्ष, गंगामाया धिमाल द्वितीय उपाध्यक्ष, इन्दिरा जिमी महासचिव, ई. सानु बाबु प्रजापति सचिव, रूपबहादुर योञ्जन कोषाध्यक्ष र भीमप्रसाद योङहाङ सह–कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरूमा गोविन्दराम चेपाङ, बिलाम मोक्तान, राधाकृष्ण बस्नेत, डा. पशुपति न्यौपाने, प्रा.डा. धनबहादुर कुँवर, कृष्णाकुमारी सुब्बा, उर्केन दोर्जे लामा, हरिचन छन्त्याल र टंकप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य बोकेको संग्रहालयको नयाँ नेतृत्वमा विभिन्न जातजातिको प्रतिनिधित्व समेटिएको छ ।

नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षमा नेपालका विभिन्न समुदायका भाषा, संस्कृति, कला, परम्परा, भेषभूषा, जीवनशैली तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन, अभिलेखीकरण र पुस्तान्तरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?