+
+

१३ औं सागमा एथलेटिक्समा भारतलाई पाँच स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते २०:१५

१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्स खेलको दोस्रो दिन पनि भारतले आफ्नो दबदबा कायम राख्दै ५ स्वर्ण जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालको ट्रयाकमा ७ स्वर्णका लागि  भएको प्रतिस्पर्धामा भारत एक्लैले ५ स्वर्ण जितेको हो । पाकिस्तान र श्रीलंकाले समान १ स्वर्ण जिते ।

भरतले पुरुषको लङजम्प, पुरुषको १० हजार मिटर दौड, महिलाको २ सय मिटर र महिला र पुरुष डिस्कस थ्रोमा स्वर्ण जितेको हो ।

पुरुष १० हजार मिटर दौडमा भारतका सुरेश कमारले निर्धारित दुरी २९ मिनेट ३३.६१ सेकेण्डमा पूरा गरे । श्रीलंकाका सानमुगेश्वरनले ३० मिनेट ४९.३० सेकेण्डमा पूरा गर्दै रजत र नेपालका दीपक अधिकारीले ३० मिनेट ४९.३० सेकेण्डमा पूरा गर्दै कास्य जिते ।

महिला २ सय मिटर दौडमा भारतकी अर्चना सुरिन्थले निर्धारित दूरी २३.६६ सकेण्डमा पूरा गर्दै स्वर्ण जितिन् । मात्र ३ सकेण्डले पछि परेकी पाकिस्तानी खेलाडी नज्मा प्रबिनले रजत तथा भारतकै चन्द्रा लेखाएनले निर्धारित दुरी २४.२७ सेकेण्डमा पूरा गर्दै कास्य जितिन् । सो विधामा नेपालकी सरवती चौधरी र कृष्णा चौधरी हिट चरणबाटै बाहिरिएका थिए । सरस्वतीले निर्धारित दुरी २६.०४ सेकेण्ड र कृष्णाले निर्धारित दुरी २६.०४ सेकेण्डमा पूरा गरिन् ।

२ सय मिटर दौड पुरुषतर्फ पाकिस्तानका उजिर रहमानले निर्धारित दुरी २१.१५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा श्रीलंकाका भिनोज सूर्यानाले २१.१९ सेकेण्ड र माल्दिभ्सका साहिद हसनले २१.२२ सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते ।

त्यस्तै लङजम्प पुरुषतर्फ भारतका लोकेश सत्यानाले ७.८७ मिटरको दुरी पार गर्दै स्वर्ण पदक जिते । भारतकै स्वामीनाथन यादवले ७.७७ मिटरको दूरी पार गरेर रजत र बंगलादेशका अलअमिनले ७.६० मिटर दूरी पार गरेर कास्य जिते । सो विधामा नेपालका भुवन महतो र शेरबहादुर विष्टले क्रमश ६.७६ मिटर र ६.८५ मिटर दूरी पार गरे ।

महिला लङजम्पमा श्रीलंकाकी लक्क्षिनी सारंगले ६.३८ मिटरको दूरी पार गरेर स्वर्ण पदक जित्दा श्रीलंकाकै अन्जनी उथ्पालाले ६.११ मिटरको दूरी पार गरी रजत र भारतकी सान्द्रा बाबुले ६.०२ मिटरको दूरी पार गरेर कास्य जितिन् ।

महिलाको डिस्कस थ्रोमा नबजितकौरले ४९.८५ मिटर फ्याक्दै स्वर्ण जित्दा भारतकै सुरभी विश्वासले ४७.३१ मिटर फ्याँक्दै रजत र श्रीलंकाकी इशारा मधुरंगले ४१.२९ मिटर फ्याँक्दै कास्य जितिन् । फाइनलमा स्थान बनाएकी नेपालकी अमृता महतोले ४०.१९ मिटर फ्याक्दै कास्य जितिन् ।

पुरुष डिस्कस थ्रो भारतका कृष्ण सिंहले स्वर्ण र गगनदिप सिंहले रजत जिते । पाकिस्तानका साम्स उलहकले कास्य जिते । कृष्ण सिंहले ५७.८१ मिटर फ्याँक्दा गगन दिप सिंहले ५३.५७ मिटर र साम्सउलहकले  ४४.३ मिटर फ्याँके ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?