+

चौथो दिन नेपाललाई ६ स्वर्ण, सक्षमको नाममा ऐतिहासिक स्वर्ण

२०७६ मंसिर  १८ गते २०:५४ २०७६ मंसिर १८ गते २०:५४
चौथो दिन नेपाललाई ६ स्वर्ण, सक्षमको नाममा ऐतिहासिक स्वर्ण

१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागको चौथो दिन थप ६ स्वर्ण जित्दै नेपालले सागमा स्वर्णको संख्या १०० पुर्‍याएको छ । तेक्वान्दो खेलाडी सक्षम कार्की नेपालका लागि ऐतिहासिक स्वर्ण जित्ने खेलाडी बने । उनले ८७ केजीमाथिको तौल समूहमा पाकिस्तानी खेलाडीलाई पराजित गरे ।

स्वर्ण जितेपछि अनय खेलाडी जस्तै सक्षम पनि निकै खुशी थिए । उनले सागमा पहिलो पटक स्वर्ण जितेका थिए त्यसैले पनि खुशी थिए । ‘मैले गरेको मेहनतले सफलता पाएको छ । एकदमै खुशी छु’ स्वर्ण जितेपछि २३ वर्षीय सक्षमले भने । अन्त्यमा उनलाई तपाईको यो स्वर्ण सागमा १००औँ हो नि भन्दा उनी झन् उत्साहित भए । ‘अहो हो र मलाई थाहा थिएन म भाग्यमानी रहेछु’ सक्षमले भने।

तेक्वान्दोमा आज ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा नेपालले २ स्वर्ण जित्यो । साथै १ रजत र ३ कास्य पनि जित्यो । निशाल रावल फाइनलमा भारतीय खेलाडीसँग पराजित हुँदै रजतमा सीमित भए ।  तेक्वान्दोबाहेक आज साइक्लिङमा नेपालले दुई स्वर्ण जित्यो भने उसु र करातेमा समान १ स्वर्ण जित्यो।

गोकर्णमा भएको साइक्लिङ अन्तर्गत डाउनहिल च्याम्पियनसिपमा नेपालले महिला र पुरुष दुवैमा स्वर्णसहित ५ पदक जितेको हो । दुवै स्पर्धा नेपालले रजत जित्दा पुरुषतर्फ कास्य पनि जितेको थियो ।

यसैगरी करातेमा आज अन्तिम चार स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा नेपालले एक मात्र स्वर्ण जित्न सक्यो । महिलातर्फ अनुपमा मगरले ६८ केजी माथी स्वर्ण जित्दा पुरुषतर्फ ५० केजीमुनी सोनाम लामा कास्यमा सीमित भए।

टिम कुमुते महिला र पुरुषमा नेपालले कास्य जित्यो।

उसुमा नेपालले आज १ स्वर्ण र १ कास्य पदक जित्यो । दीपक हमालले पुरुष थाउलोको नाङगुनमा स्वर्ण जिते । हरी प्रसाद गोलेले कास्य जिते । तर उक्त स्पर्धामा धाँधली भएको भन्दै नेपाल र भारतले विरोध गरेका थिए । पदक लिने बेला स्वर्ण जितेका श्रीलंकन खेलाडी मात्र गएका थिए। रजत जितेका भारत र कास्य जितेका नेपालका खेलाडी गएनन् ।

यस्तै एथ्लेटिक्सतर्फ पुरुष १० हजार मिटरमा नेपालका दिपक अधिकारीले कास्य पदक जिते । नेपाल बुधवार ६ स्वर्ण र ४ रजत पनि जितेको छ ।

कराते १ स्वर्ण ३ कास्य

स्वर्ण : अनुपमा मगर ६८ केजीमाथि

कास्य : सोनाम लामा पुरुष ५० केजीमुनि

टिम कुमुते महिला सानी तामाङ एस्तर राई रिता कार्की सुस्मिता तामाङ

टिम कुमुते पुरुष मुकुन्द्र महर्जन राजकुमार रसाइली सुशिल पौडेल अर्जन बाघचन लेखनाथ मैनाली विनोद शाक्य दिगम्वर पन्त

तेक्वान्दो २ स्वर्ण १ रजत ३ कास्य

संगिता बस्याल ६२ केजीमुनि स्वर्ण

सक्षम कार्की ८७ केजी माथि स्वर्ण

निशा रावल महिला ७३ केजीमाथि रजत

अस्मिता भण्डारी महिला ५३ केजीमुनि कास्य

निश्चल श्रेष्ठ पुरुष ७३ केजीमुनि कास्य

ज्ञानेन्द्र हमाल पुरुष ६३ केजीमुनि कास्य

उसु १ स्वर्ण १ कास्य

दिपक हमाल ताइचान स्वर्ण

हरि प्रसाद गोले कास्य

साइक्लिङ २ स्वर्ण २ रजत १ कास्य

राजेश मगर स्वर्ण

निश्मा श्रेष्ठ स्वर्ण

निरभ श्रेष्ठ रजत

जमुना थापा रजत

प्रचित थापा कास्य

खोखो १ रजत १ कास्य

महिला टिम रजत

पुरुष टिम कास्य

एथ्लेटिक्समा कास्य

लनटेनिसमा २ कास्य 

टिम इभेन्ट महिला कास्य

टिम इभेन्ट पुरुष कास्य

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय