Comments Add Comment

यस्ता छन् फेसियल ओयलका फाइदाहरु

सयौं वर्ष अघिदेखि तेल (ओयल) लाई टाउकोदेखि खुट्टासम्म प्रयोग गरीन्छ । यसको कारण तेलले तपाईंको छालालाई स्वस्थ राख्छ ।

बजारमा फेस ओयल पनि उपलब्ध छन् । तर, तपाईंको छालालाई कुन ओयल सुहाउँछ भन्ने थाहा नुहनु सबैभन्दा ठूलो समस्या हुन्छ । यसको लागि यहाँ केही जानकारीहरु छन्, जसको सहयोगले तपाईं आफ्नो छाला अनुरुपको तेलको छनोट गर्न सक्नुहुन्छ ।

यसको लागि तपाइर्ंले लाइट र नन कमेडोजेनिक प्रयोग गर्न सक्नुहुन्छ । जसले डण्डिफोर आउँन दिँदैन । त्यस्तो तेलको प्रयोग गर्नुपर्छ । त्यसको केही थोपा नै तपाईंको लागि पर्याप्त हुन्छ ।

फेस ओयलप्रति प्रायः मानिसहरुको विभिन्न असमझदारीहरु रहेका छन् । कहिले पनि आफ्नो अनुहारमा नरिवलको तेल अथवा ओलिभ ओेयल लगाउनु हुँदैन । किनभने त्यसले तपाईको रोमछिद्र बन्द गरीदिन्छ । फेस आयलले कसरी तपाईंको छालालाई स्वस्थ र सुन्दर बनाउँछ भन्ने कुरा निम्न प्रकार छन् ।

फुटेको छाला

कोल्ड-प्रेस सिड ओयल संवेदनशील छालाको लागि धेरै फाइदाजनक हुन्छ । त्यसले फुटेको छालालाई ठिक पार्न पनि सहयोग गर्छ । त्यस्तै यो तेलले दाग हटाउन पनि सहयोग गर्छ । जीरा, गुलाब र कमिया (जापानी शब्द) बिउको तेलको मिश्रण बनाएर अनुहारमा लगाउनाले धेरै फाइदा प्राप्त हुन्छ । यसमा समावेश भएको एन्टिअक्सिडेन्टले अनुहारको छालालाई अझ सुन्दर बनाउँछ ।

छालाको लागि सहयोगी

कहिलेकाहीँ मानिसलाई तेलको प्रयोगले छाला झन् तैलीय हुन्छ भन्ने लाग्छ ।  तर, विशेषज्ञहरुका अनुसार तेलको कमीले छालामा सिबम नामक एउटा पदार्थ धेरै बृद्धि हुन्छ । जसले छाला झन् धेरै तैलीय हुन्छ । सही मात्रमा तेलले तपाईंको छालालाई धेरै स्वस्थ र चमकदार बनाउँछ । यसबाहेक मोइश्चराइजरसँगै फेस ओयलको केही थोपा मिलाएर लगाउनाले पनि छालालाई धेरै फाइदा हुन्छ ।

ओयल स्किनको केयर प्रोडक्ट सहयोगी हुन्छ

आफ्नो छालाका लागि ओयल फ्रि प्रोडक्टको प्रयोग नै राम्रो हुन्छ भन्ने मान्यता छ । तर, यस्तो होइन दाग र मृत छालाका हाइड्रेट गर्न फेस ओयल प्रोडक्टहरु धेरै लाभदायक हुन्छ । साथै यसले तपाईंको छाला पनि कोमल बनाईराख्न सहयोग पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment