Comments Add Comment

९९ रन बनेपछि शतक छोरीलाई समर्पण गर्ने निर्णय गरेँ : ज्ञानेन्द्र मल्ल

१९ मंसिर, काठमाडौं । पछिल्ला खेलहरुमा राम्रो स्कोर बनाउन नसकेका कप्तान ज्ञानेन्द्र मल्लले बिहीबार भुटानविरुद्ध शतक प्रहार गरे । १०७ रनमा आउट भएका उनी टी-२० मा सर्वाधिक रन बनाउने नेपाली क्रिकेटर पनि बनेका छन् ।

१३ औं साग अन्तर्गत त्रिवि क्रिकेट मैदानमा १०० रन बनाएपछि उनले छोरीलाई शतक समर्पण गरेका छन् ।

मल्लका दुई महिनाकी छोरी छिन् । उनले काखमा बच्चा लिएको संकेत गर्दै शतक उनलाई ‘डेडिकेट’ गरेका हुन् । शतक समर्पण पूर्वयोजना हो भन्ने प्रश्नमा उनले भने, ‘९९ रन बनाएपछि शतक हुन्छ भन्ने भयो र यो निर्णय गरेँ ।’

भुटान कमजोर टिम हो । तर त्यसविरुद्ध बनेको शतकले पनि आफूलाई आत्मविश्वास बढाउन मद्दत गर्ने बताए । शतक शतक नै हो । त्यहाँ (मैदानमा) गएर खेल्नुपर्छ, बल हान्नुपर्छ । जस्तो टिम भएपनि बललाई रनमा परिणत गर्नुपर्ने हुन्छ,’ कप्तान मल्ल भन्छन्, ‘अझ राम्रो गर्न बाँकी नै छ ।’

९५ रन बनाएको भुटानलाई अझ कम रनमा समेट्न सक्नुपर्ने उनको जोड थियो । ‘फिल्डिङ, बलिङ अझै अपेक्षा अनुसार भएन । अझ सुधार गर्ने ठाउँहरु छन्,’ उनले भने ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment