Comments Add Comment

सर्लाहीमा विद्युत सर्ट भएर आगलागी, एक घरमा क्षति   

फाइल फोटो ।

१९ मंसिर, काठमाडौं ।  सर्लाहीको बलरामा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

बलरा नगरपालिका-११ छटौनामा बस्ने राज किशोर सिंहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएकोले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

यस्तै खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ चिप्रे बस्ने कमला निरौला(भुजेल)को घरमा आगलागी भएको छ ।

रावाबेशी गाउँपालिका-७ हौचुर बस्ने उनकै भाई २० वर्षीय मिलन भुजेलले मादक पदार्थ सेवन गरी बिहीबार बिहान आगो लगाउँदा घर पूर्णरुपमा जलेर करिब ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । मिलन भुजेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment