+
+
Shares

भ्रमण वर्षमा नेकपाले कार्यकर्तालाई स्वयंसेवक खटाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १०:२२

१९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाल भ्रमण वर्ष २०२० अवधिभर स्वयंसेवकको भूमिका निर्वाह गर्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्षका अवसरमा बिहीबार आयोजना गरेको छलफलमा नेकपाका महसचिव विष्णु पौडेलले सो घोषणा गरेका हुन् ।

नेकपाका अध्यक्षदेखि सबै तहका नेता, जनवर्गिय संगठन र कार्यक्रताले भ्रमण वर्ष सफल बनाउन स्वयंसेवकका रुपमा खटिने उनले उल्लेख गरे । ‘सरकारले पार्टीबाट कुन स्तरको सहयोगको अपेक्षा गरेको छ, त्यो माग गर्नुहोस, पार्टी पुर्ण सहयोग गर्न तयार छ’, उनले भने ।

महासचिव पौडेलले भ्रमण वर्षको उद्घाटनका दिन रंगशालामा कति जनशक्ति उतार्न पर्ने हो, त्यसका लागि पार्टी तयार रहेको उल्लेख गरे । ‘१ हजार, १० औं हजार या लाख, कति उतार्नु पर्‍यो, पार्टी तयार छ, त्यो योजना हामीलाई दिनुहोस् ।’

भ्रमण वर्ष राष्ट्रिय अभियान भएको भन्दै उनले पार्टीमा तल्लो तहदेखि माथिल्लो तहबाट पुर्ण सहयोग प्राप्त हुने उनको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता मोहन बस्नेतले भ्रमण वर्ष नेपालीको साझा कार्यक्रम रहेको भन्दै पार्टीले सबै खालका सहयोग गर्ने आश्वासन दिए ।

यो कुनै पार्टी विशेषको कार्यक्रम नभइ साझा कार्यक्रमका रुपमा लिएको उनको भनाइ थियो । राजपाका नेता लक्षमणलाल कर्णले भ्रमण वर्षमा तराइलाई समेत उत्तिकै प्राथमिकता दिएको भन्दै खुसी व्यक्त गरे । उनले बढ्दो सडक दुर्घटनाप्रति सचेत हुन सरकारलाई सुझाव दिँदै यस्ता खबरले पर्यटनमा निकै नकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

कार्यक्रममा विभिन्न दलका प्रतिनिधिले पूर्वाधार निर्माणमा देखिएका वेथितिबारे सरकारको ध्यानाकर्षण गराएका थिए । खासगरी राजधानीको सडकको दरावस्था, पर्यटकीय पूर्वाधारमा कमी, विमानस्थलको भिड र ट्राफिक चाप, स्थानीय तहमा सरकारहरुले लिने पर्यटन शूल्कका विषयमा सचेत हुनुपर्ने उनीहरुको सुझाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?