
२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ ।
शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । उनले १४ मिनेट ५४.२० सकेन्डमा निर्धारित दूरी पार गरे ।
त्यस्तै रजत पदक भारतको पोल्टामा परेको छ । भारतका सुनील दवालले १४ मिनेट ५५.२१ सकेन्डमा दूरी पार गर्दै रजत पदक जितेका हुन् ।
कास्य पदक भने नेपालले जितेको छ । नेपालका हरि रिमालले कास्य जितेका हुन् ।
योसँगै नेपालको खातामा ३७ स्वर्ण पदक पुगेको छ ।
१३ औं साग खेलकुद प्रतियोगिताअन्तर्गत आज छैटौं दिन विभिन्न खेलहरू भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4