
२० मंसिर, काठमाडौं । नेपालकी सन्तोषी श्रेष्ठ पाँच हजार मिटर दौडमा पदक जित्न असफल भएकी छन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)मा उनले मंगलबार १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण जितेकी थिइन् । त्यसैले ५ हजार मिटरमा पनि स्वर्ण अपेक्षा गरिएको थियो ।
तर शुक्रबार भएको पाँच हजार मिटर दौडमा सन्तोषी चौथो भएकी छन् । उनले निर्धारित दूरी १७ मिनेट १३.६८ सेकेन्डमा पूरा गरिन् ।
श्रीलंकन खेलाडीले स्वर्ण जित्दा रजत र काश्य पदक भारतीय धावकको नाममा रह्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4