
Photo Credit : हरि अधिकारी
सिद्धबाबा उपचाररत विराट अस्पतालबाट जिल्ला अदालततर्फ लैजाँदै प्रहरी । पक्राउ अघिदेखि नै उनी यहाँ उपचार गराइरहेका छन् ।
२० मंसिर, विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिद्धाबबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालबाट अदालत लगेको छ ।
अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको हो ।
आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो । पक्राउपछि अदालतमा उपस्थित गराइएका सिद्धबाबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।
अदालतले दिएको समयसीमामा अनुसन्धान नसकिएपछि प्रहरीले थप समय माग गर्दै पुनः उनलाई अदालतमा पेस गरेकाे हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4