Comments Add Comment

मुआब्जाको विरोधमा ड्राइपोर्ट क्षेत्रका वासिन्दा प्रदर्शनमा

२० मंसिर, वीरगञ्ज । वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सुख्खा बन्दरगाहबीचको जग्गाका वासिन्दा मुआब्जाको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

हालै जिल्ला मुआब्जा निर्धारण समितिले तोकेको आईसीपी र सुख्खा बन्दरगाहबीचको ६२ विघा जग्गाको मुआब्जा कम भएको भन्दै उनीहरुले ड्राइपोर्टदेखि परवानीपुर जाने छ लेन सडक अवरुद्ध गरेका छन् ।

सरकारले अधिग्रहण गरेको उक्त जग्गालाई १३ किसिमको बर्गीकरण गरेर हालै मुआब्जा तोकिएको छ । स्थानीय वासिन्दाले बिहीबार पनि टायर बालेर प्रदर्शन गरेका थिए । ६२ विघा जग्गामा ९ सय ९९ परिवारको बसोबास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment