Comments Add Comment

स्वास्थका लागि घातक हुन्छ एक्लोपन

एक्लोपनाले प्रायः मानिसहरुलाई तनावमा पुर्‍याउँछ अथवा डिप्रेसनको शिकार बनाउने काम गर्दछ । के तपाईं पनि यो समस्याबाट गुजि्रन बाध्य हुनुहुन्छ ? कहिलेकाहीँ आफ्नो कुरा व्यक्त गर्ने अथवा आफ्नो समस्याहरु सुनाउने अथवा सुन्न व्यक्ति नभइदिँदा पनि यो समस्या पैदा हुने गर्दछ । के तपाईं पनि ती व्यक्तिहरु मध्ये एक हुनुहुन्छ । जसका निकै कम साथीभाइ छन् ?

तपाईं आफ्ना परिवारका सदस्य तथा साथीहरुसँग कत्तिको भेटघाट गर्नु हुन्छ ? यो कुराले पनि तपाईंको स्वास्थलाई प्रभावित बनाइरहेको हुन्छ । एक्लोपनाले तपाईंलाई केवल मानसिक रुपले मात्र नभएर शारीरिक रुपले समेत बिमारी बनाउन सक्छ ।

एक्लोपनाको समस्या सम्पूर्ण विश्वभरी नै तीब्र गतिमा बढिरहेको छ । खासगरी बृद्ध-बृद्धामा एक्लोपनाको समस्या तीब्र गतिले बढिरहेको देख्न सकिन्छ । आखिर यो एक्लोपना के हो ? यसले कसरी हामीलाई हानि पुर्‍याउँछ ?

मनोविज्ञान सम्बन्धी अध्ययनको प्रतिवेदन अनुसार एक्लोपन दुई किसिमको हुन्छ । यसमा पहिलो तरिकाको एक्लोपना सोशल आइसोलेशन हो । जसमा मानिसहरु प्रायः त्यसकारण एक्लोपनाबाट गुजि्ररहेका हुन्छन् जसका कारण उनीहरुको जिन्दगीमा साथीभाइ अथवा परिवारका कुनै सदस्यको साथ हुँदैन । अर्थात् त्यस्ता व्यक्ति जो साथीभाइ तथा परिवारबाट बिल्कुलै अलग्गै बस्छन् । दोस्रो एक्लोपन सब्जेक्भिट एक्लोप हो । जसमा मानिस नजिकै त हुन्छन् । तर, केही पनि बुझिरहेका हुँदैनन् ।

एक्लोपनको प्रभाव

बि्रघम योङ यूनिभर्सिटी तथा बोस्टल बि्रघम र वुमन हस्पिटलका अनुसार तपाईं कुन प्रकारको एक्लोपनाको शिकार हुनुहुन्छ भन्ने कुराले केही पनि फरक पर्दैन । तपाईं जुनै प्रकारको एक्लोपनको शिकार भएता पनि तपाईंको स्वास्थमा त्यसले अवश्य पनि प्रभाव पारिरहेको हुन्छ ।

जो व्यक्ति साथी अथवा परिवारबाट टाढा बस्छन् । उनीहरुका लागि यति धेरै खतरा बढ्छ त्यसको तुलनामा एक दिनमा करिब १५ वटा सिगरेट पिएर हुने खतरा जत्तिकै हुन्छ । अर्को एउटा रिसर्चका अनुसार, कुनै पनि प्रकारको एक्लोपना भएका मानिसहरु हुन् । उनीहरुको मृत्युको खतरा नै करिब ३० प्रतिशतले बढ्छ ।

अर्को एउटा रिसर्चका अनुसार एक्लोपनाले शरीरमा सुजनको खतरा समेत बढ्छ । यसका साथै यसले हाम्रो इम्यून सिस्टमलाई पनि हानि पुर्‍याउँछ । जो कि किटाणुहरुसँग लड्ने काम गर्छ । यसबाहेक एक्लोपनामा मानिसहरु प्रायः तनावमा आएर रक्सी पिउन थाल्छन् । चुरोट पिउन थाल्छन् । जुन शरीरका लागि निकै हानिकारक हुनसक्छ ।

एक्लोपन के हो ?

एक्लोपन अर्थात् लोन्लिनेस । यसले तपाईंको सोचलाई यसरी प्रभावित गर्छ कि तपाईंको स्वास्थलाई समेत यसले आफ्नो चपेटामा पार्छ । आफ्नो इच्छाले एक्लै बस्नु अलग कुरा हो र समुहमै रहँदा समेत एक्लोपनाको महसुस गर्नु सम्पूर्ण रुपले एउटा अलग कुरा हो । वास्तवमा जीवनमा थुप्रै मानिसहरु हुँदा-हुँदै पनि कहिलेकाहीँ तपाईंले त्यो बेला एक्लोपन महसुस गर्न सक्नु हुन्छ । जब तपाईंले मानिसहरुसँग सम्पर्क गर्नका लागि कुनै सहयोगी माध्यम नै फेला पार्नुहुन्न ।

त्यस्तो बेला के हुन सक्छ भने तपाईं मन-मनै कुँडिन सक्नुहुन्छ । अथवा आफू भित्र उकुसमुकुस भएको कुराहरुलाई बाहिर निकालेर मनलाई खाली गर्नका लागि तपाईंले कोही पनि भेट्नु हुन्न । त्यसपछि बिस्तारै त्यसले तपाईंको शारीरिक तथा मानसिक स्वास्थ नराम्ररी प्रभावित हुन थाल्छ ।

तपाईंले त्यसबाट छुटकारा पाउनका लागि विभिन्न उपायहरु अपनाउन सक्नुहुनेछ । जसले तपाईंको एक्लोपनालाई हटाउनका लागि सहयोग पुर्‍याउन सक्छ । त्यसो भयो भने तपाईंले आफैंलाई केही राम्रो भएको महसुस गर्नु हुनेछ ।

एक्लोपनको कारण

एक्लोपन हुनुको कुनै न कुनै कारण त अवश्य पनि हुन्छ र त्यो कारणका बारेमा तपाईंलाईभन्दा बढी जानकारी अरु कसैलाई पनि हुँदैन । यदि कसैसँग कुरा गरेर तपाईंले आफूलाई राम्रो लागेको अनुभव गर्नु हुन्छ भने त्यो व्यक्तिलाई तपाईंले आफ्नो समस्या बताए हुन्छ । त्यसबाट तपाईंको मन थोरै भए पनि हल्का हुन्छ र त्यसो हुनु भनेको तपाईंलाई राम्रो हुँदै जानु पनि हो ।

बाहिर निस्कनुपर्छ

धेरै पटक तपाईं आफूसँग बाहिर जाने साथी छैन भन्ने सोचेरै घरबाट बाहिर निस्कन चाहनुहुन्न । यही विचारका कारणले तपाईंले आफैंलाई घर भित्रै सीमित पार्न थाल्नुहुन्छ । त्यसका लागि के कुरा अनिवार्य छ भने तपाईं घरबाट बाहिर निस्कनै पर्छ र घुमफिर गर्नैपर्छ ।

नयाँ ठाउँमा जानुपर्छ

एक्लै बस्दा-बस्दा तपाईंको विचारहरुमा समेत नकारात्मकताको मात्रा बढी हुन थाल्छ र तपाईंले आफ्नो जीवनमा केही नयाँ र राम्रो कुराको अनुभव गर्नै पाउनु हुन्न । त्यसैले नयाँ-नयाँ ठाउँमा घुमेर, यात्रा गरेर मनलाई बहलाउने प्रयास गर्नुपर्छ । अलग-अलग मौसम तथा माहौलले तपाईंलाई यति व्यस्त बनाउँछ कि आफू कतिसम्म एक्लो रहेछु भन्ने कुरा सोच्न समेत फुर्सद हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment