
२० मंसिर, चितवन । चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि नारायणगढमा रहेको लिटिल फ्लावर विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
लिटिल फ्लावर विद्यालयका विद्यार्थी तथा शिक्षकबाट संकलित २ लाख रुपैयाँ धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरिएको विद्यालयका प्रिन्सिपल रोवी केयुले जानकारी दिए ।
बिहीबार आयोजित अन्तरविद्यालय नृत्य प्रतियोगिताको उद्घाटन कार्यक्रममा फाउन्डेशनका अध्यक्ष धुर्मुसलाई उक्त सहयोग राशी हस्तान्तरण गरिएको उनले बताए ।
नृत्य प्रतियोगितामा ओमशान्ती एकेडेमी पहिलो, एसओएस बालग्राम भरतपुर दोस्रो र बालकुमारी इङलिस स्कुल नारायणगढ तेस्रो भएको विद्यालयका स्रोत व्यक्ति गोविन्द पौडेलले जानकारी दिए ।
प्रतियोगितमा चितवन, नवलपरासी, तनहु, रुपन्देही, गोरखाका गरी ४० विद्यालयका बालबालिकाहरु सहभागी भएका थिए ।
प्रतिक्रिया 4