+
+
Shares

आगलागीबाट बच्न रामेछापका सबै स्थानीय तहले ‘फायर एक्सटिंग्विशर’ राख्नु पर्ने

नवराज पथिक नवराज पथिक
२०७६ मंसिर २० गते १६:३१

२० मंसिर, रामेछाप । रामेछाप जिल्लामा आगलागीबाट बच्नका लागि जिल्लाका सबै स्थानीय तहले कम्तिमा पनि १० वटा फायर एक्सटिंग्विशर(अग्निशमन यन्त्र) राख्नु पर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार मन्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

रामेछाप सुक्खाग्रस्त जिल्ला भएको र पर्याप्त पानी समेत नभएको कारण आगलागी भइ हाले तत्काल नियन्त्रणको लागि फायर एक्सटिंग्विशर राख्ने निर्णय गरिएको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापकी संयोकज एवं प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डे केसीले जानकारी दिइन् ।

फायर एक्सटिंग्विशरमा मोनो एमोनिया फस्फेट पाउडर, कार्बनडाइअक्साइड ग्यास र नाइट्रोजन ग्यास राखिएका हुन्छन् । उक्त उपकरण जडित सिलिण्डरको ढकनमा रहेको सिल तोडेर ह्याण्डल थिच्दा निक्लने उक्त मिश्रणले आगो निभाउन सघाउँदछ । जसले आगलागीबाट हुने ठूलो जाेखिमबाट बच्न सकिन्छ ।

यसका साथै जिल्लाका स्थानीय सरकारका विपद् व्यवस्थापन गर्ने ऐन, नीति र कार्यविधि तथा सो अनुसारको उपकरण र तयारीको अवस्थाको बारेमा पनि समितिले तथ्य संकलन गर्ने भएको छ । विपद्को बेलामा सहज रुपमा ती सामाग्रीहरुको प्रयोग गर्ने वातावरण बनोस् भनेर सो तथ्याङ्क संकलन गर्न लागिएको उनले बताइन् ।

बैठकमा प्रमुख जिल्ला अधिकारी केसीले जिल्लाका ८ वटै पालिका र ६४ वटै वडामा पालिका र वडा स्तरीय विपद् व्यवस्थापन समितिहरु गठन भइ सकेको जानकारी दिइन् । विपद् व्यवस्थापन समितिलाई नेपाल टेलिकमको क्रमबद्ध मोबाइल सीम उपलब्ध गराएको पनि उनले बताइन् । एकै खालका नम्बरहरु हुँदा विपद्को बेलामा फोन गर्न सहज हुने उनले बताइन् ।

रामेछाप जिल्लामा सुक्खा मौसमको बेलामा अधिक रुपमा आगलागीका घटनाहरु हुने गर्दछन् । त्यसैले त्यसको नियन्त्रणको लागि बेलैमा काम सुरु गरिएको उनले जानकाी दिइन् । यसको साथै जोड महिनामा हिउँ र तुसारो पर्ने उमाकुण्ड, गोकुलगंगा तथा दोरम्बा गाउँपालिकामा आइपर्ने विपद व्यवस्थापनको लागि पनि तयारी अवस्थामा रहेन समितिले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?