+
+
WC Series
चितवन राइनोज 2025
71/6 (14.4)
VS
३२ बलमा ७१ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

जनकपुरधाममा सुरु भयो कुस्ती

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते १७:२०

२० मंसिर, जनकपुरधाम । १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत कुस्ती प्रतियोगिता जनकपुरधाममा शुक्रबारदेखि सुरु भएको छ ।

एक भव्य समारोहकाबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा पानसमा बत्ति बालेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

उद्घाटनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ मा साग खेलको आयोजना गरिएकोमा खुशी ब्यक्त गरे ।

राखेपका सदस्य सचिव रमेश सिलवालले कुस्ती खेल जनकपुरमा राख्ने प्रस्ताव आफूले नै राखेको बताए । उनले यो खेल सफलतापूर्वक सम्पन्न हुने विश्वास ब्यक्त गरे ।

कुस्ती उद्घाटन कार्यक्रममा नेपाली सेना र मिथिला नाट्य परिषद् (मिनाप)का कलाकारहरुले मिथिला र पौराणिक साँस्कृतिक झलकहरु प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?