Comments Add Comment

भूतपूर्व गोर्खा आन्दोलन ऐक्यबद्धता समाज गठन

२० मंसिर, काठमाडौं । नागरिक समाजले भूतपूर्व गोर्खा सैनिकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन समिति गठन गरेका छन् । वरिष्ठ अधिवक्ता रविनारायण खनालको संयोजकत्वमा भूतपूर्व गोर्खा सैनिक समानता तथा मानवअधिकार आन्दोलन ऐक्यबद्धता नागरिक समाज तदर्थ समिति गठन भएको हो ।

आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार तदर्थ समितिको उपसंयोजकमा वरिष्ठ अधिवक्ता नवराज सुवेदी, सचिव कपिल ढकाल, वरिष्ठ सदस्यहरूमा हङकङ राना, कुमार इङनाम, प्रेमचन्द्र राई र दिनेशराज सत्याल रहेका छन् । यस्तै मेजर थापा, अर्जुन प्रसाईं, सुदन आचार्य, ज्ञानु गौतमलगायत सदस्य चयन भएका छन् ।

विश्वकान्त मैनाली संयोजक रहेको सल्लाहकार समिति पनि गठन भएको छ । जसमा डा. युवराज संग्रौला, पूर्वआईजीपी सनतकुमार बस्नेत, वरिष्ठ अधिवक्ता सुनील पोखरेल, रविराज थापा लगायत सदस्य रहेका छन् ।

तदर्थ समितिले राष्ट्रिय भेला बोलाएर ऐक्यबद्धता समिति गठन गर्ने सल्लाहकार समितिका सदस्य डां. संग्रौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment