Comments Add Comment

पौडेलको क्षेत्रमा गएका पूर्वाधार विकासको सबै बजेट शिक्षामा लगानी

२० मंसिर,काठमाडौं । सत्तारुढ नेकपाका महासचिव बिष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि आएको सम्पूर्ण रकम शिक्षाक्षेत्रको पूर्वाधारमा लगानी गरेका छन् । पूर्वाधार विसका साझेदारी कार्यक्रमको सबै रकम शिक्षामा लगानी गरिएको रुपन्देही २ एकमात्र निर्वाचन क्षेत्र भएको छ ।

रुपन्देही क्षेत्र नं. २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ शतप्रतिशत शिक्षामा लगानी गरिएको महासचिव पौडेलका स्वकीय सचिव यमराज पाण्डेले जानकारी दिए । पौडेल सोही निर्वाचन क्षेत्रबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

प्रत्यक्ष प्रतिनिधि सभा सदस्यको संयोजकत्वमा रहने कार्यक्रम निर्देशक समितिका संयोजक पौडेलको अध्यक्षतामा बसेको बैठकले १२ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणमा उक्त रकम खर्च गर्ने निर्णय गरेको हो ।

समितिमा संघीय समानुपातिक सांसद, राष्ट्रिय सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, क्षेत्रभित्र पर्ने पालिकाका प्रमुखहरु सदस्य रहने व्यवस्था छ । धेरै तिर कनिका जस्तो रकम छर्नु भन्दा सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न मद्दत पुगोस् भनेर परिणाम निस्किने गरि शिक्षा क्षेत्रमा सबै रकम बिनियोजन गरिएको पाण्डेले बताए ।

निर्वाचन क्षेत्रभित्र पर्ने १२वटा सामुदायिक विद्यालयलाई समान पचास पचास लाख बिनियोजन गरिएको छ । विद्यालयको पूर्वाधार विकास विशेषगरी भवन,तल थप्ने लगायतका काममा सो रकम खर्च हुनेछ । पर्रोहा माविले भने ६५ लाख पाएको छ ।

बुटवलका सामुदायिक विद्यालयमा पछिल्लो समय गुणस्तरीय शिक्षाका कारण अभिभावकहरुले बालवालिका भर्ना गर्न पालो पर्खिने गरेका छन् । अन्यत्र सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेका बेला बुटवलमा भने विद्यार्थीको चापले भवन अपुग भएकाले पूर्वाधार विकास कार्यक्रमको बजेट परेपछि देखिन काम हुने शिक्षा समितिले जनाएको छ ।

यसपटक पूर्वाधार विकासका लागि बजेट पाउनेमा पश्चिम पहुनी मावि तिलोत्तमा, गिर्वाण सरस्वती संस्कृति मावि तिलोत्तमा, जनजागृति मावि तिलोत्तमा, नविन औद्योगिक कदर बहादुर रिता मावि बुटवल छन् ।

त्यस्तै सिद्धेश्वर लालकुमारी मावि, पर्रोहापर्मेवर विद्यालय सैनामैना, कालिका तथा जनज्योति आधारभूत विद्यालय, पर्रोहा मावि सैनामैना, नरहरमावि बुटवल र जनता मावि बुटवलले पनि पुर्वाधार विकासमा बजेट पाएका छन् ।

पौडेलले अघिल्लो आर्थिक वर्षको बजेट सामाजिक सांस्कृतिक र जातीय समुदायको पूर्वाधार विकासमा लगानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment